gas-bullet1१९ मंसिर काठमाडौं । लामो समयदेखि भारतको रक्सौलमा रोकिएका तीनवटा ग्यासका बुलेट चुहिएका छन् । बुलेटबाट ग्यास निस्केपछि रक्सौल बजारमा आगलागीको जोखिम बढेको छ ।

नेपाल आयल निगमको अमलेखगञ्ज डिपो प्रमुख भानु खनालले शुक्रबार साँझदेखि ग्यासका तीनवटा बुलेट चुहिएको जानकारी दिए ।
खनालका अनुसार दुई बुलेटमा चिनी, साबुन र चुनाको पेस्ट बनाएर प्वाल टालिएको छ । एउटा बुलेटबाट भने धेरै ग्यास चुहिएकाले पछुवा भन्ने खुला ठाउँमा पुर्‍याइएको छ । स्थानीय प्रहरीले चुहिएको ग्यास नियन्त्रणमा लिएर मर्मत गरिरहेको छ ।
तातो घाम र रातको चिसोमा लामोसमयसम्म राख्दा ग्यास चुहिएको ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले जनाएका छन् । भारतले रक्साैलमा ग्यासका बुलेट होइन बम राेकेर राखेको छ उनले बताए ।    नयाँ पत्रिकामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया