gas-bullet1१९ मंसिर काठमाडौं । मंसिर एक देखि नौ गतेसम्म ८७ बुलेट ग्यास आएको छ । यसबाट आधा ग्यास ९७।१ किलो० मात्रै राख्दा दुई लाख १७ हजार पाँच सय सिलिन्डर भर्न पुग्छ । तर, उद्योगबाट फाट्टफुट्ट मात्रै ग्यास वितरण गरियो ।आयल निगमका अनुसार एक मंसिरमा एकैसाथ ५२ बुलेट ग्यास आएको थियो । एक मंसिरमा काँकडभिट्टाबाट तीन, विराटनगरबाट तीन, भैरहवाबाट ४१ र नेपालगञ्जबाट पाँच बुलेट ग्यास आएको थियो ।दुई मंसिरमा नौ, तीन मंसिरमा चार बुलेट ग्यास आएको थियो । चार र पाँच मंसिरमा एक बुलेटमात्रै ग्यास आएको थियो भने ६ मंसिरमा दुई र सात मंसिरमा अग्यास आएको थिएन । त्यसपछि आठ मंसिरमा एउटा र नौ मंसिरमा १८ बुलेट ग्यास आएको थियो ।उक्त परिमाणको ग्यास आएपनि उपत्यकाका सर्वसाधारणले ग्यास पाएका छैनन् । फाट्टफुट्ट ग्यास आएपनि उपभोक्ताले पाउनेजति ग्यास पाएका छैनन् । ‘ग्यास उद्योगले ७५ प्रतिशत ग्यास आफैं बेचेको र थोरै मात्र बिक्रेतालाई वितरण गरिने भएका कारण ग्यासको अभाव बढेको हो,’ग्यास विक्रेता महांसघका कार्यबाहक अध्यक्ष अर्जुनप्रसाद देवकोटाले बताए ।नयाँ पत्रिकामा समाचार छ ।

 

तपाईको प्रतिक्रिया