match-fix-500x251१९ मंसिर काठमाडौं । अन्तर्राष्ट्रिय खेल मिलेमतोको अभियोग लागेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्व खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई एएफसीले शुक्रबार आजीवन प्रतिबन्ध लगाएको छ ।
एफसीको अनुशासन समितिले यस निर्णयसँगै उनीहरुको फुटबल गतिबिधीमा पूर्णविराम लागेको छ । प्रहरीद्वारा २७ असोजमा पक्राउ परेका पाँचै जनालाई एएफसीले त्यसको भोलिपल्टै फुटबलका सबैखाले गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको थियो । फुटबल सँघ एन्फामा निरन्तर २१ बर्ष नेतृत्व गरेका गणेश थापालाई फिफाको इथिक्स कमिटिले १० बर्ष प्रतिवन्ध र २० हजार स्विस जरिवाना गरेको एक महिना भित्रै एएफसीले यस्तो कारबाही गरेको हो ।

तपाईको प्रतिक्रिया