dhan१९ मंसिर काठमाडाें । यसपालि धानको भाउको त कुरै नगर्नुस्, पर्सा हरिहरपुरका किसान प्रमोद चौरसियाले भने, कौडीको भाउमा बेच्छु भन्दा पनि किनिदिने कोही छैन। बिरन्चिबर्वाका किसान अनुप तिवारीको दुःखेसो पनि उस्तै छ।खडेरीले पोहोरभन्दा धेरै कम धान फल्यो। भाउ नहुँदा लागेको खर्च पनि उठ्ने अवस्था छैन।

उद्योगको उत्पादन बन्द भएपछि उद्योगीले धान खरिद गर्न छाडेका छन् । उद्योगले धान नकिनेपछि ग्रामीण क्षेत्रका ‘बनियाँ’ ९धानगहुँ खरिद गर्ने व्यापारी ले किसानसँग धान किनेका छैनन्।

‘बनियाँ’ गल्ला व्यपारीले सोना मन्सुली धान प्रतिक्विन्टल १२ देखि १४ सय रुपैयाँमा खरिद गर्ने गरेको किसानहरू बताउँछन्।पोहोर साल सोना मन्सुली धान प्रतिक्विन्टल दुई हजार रुपैयाँभन्दा बढीको भाउमा बेचेका बिजबनियाका किसान अभय यादवले भने, ुयसपालि त १५ सयमा दिन्छु भन्दा पनि व्यपारीले किन्नै मान्दैनन्।

उनले घरको गर्जो टार्न १२ सयका दरले दुई क्विन्टल धान बेचेको बताए।ुबन्दहडतालले ढुवानी रोकिँदा पहिले नै कुटाएर राखेका चामलले गोदाम भरिभराउ छन्, न्यु ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले भने, ुमिल तीन महिनाभन्दा लामो समयदेखि बन्द छ । यस्तो अवस्थामा धान किनेर पुँजी फसाउनु छैन।

कलवारका अनुसार एक साताअघि आफूलगायत उद्योगीले किसानको धान किन्न थालेका थिए तर मधेसी दलका कार्यकर्ताले उद्योगमै आएर धम्क्याए । त्यसपछि धान खरिद गर्न छाडेको उनले जानकारी दिए।

उद्यमीले धान खरिद गर्न छाडेपछि आफ्नो गर्जो टार्न किसानहरू सस्तोमा गाउँका स्थानीय बनियाँलाई धान बेच्न बाध्य छन्। कृषि विकास कार्यालय, पर्साका अनुसार एक क्विन्टल धान उत्पादनका लागि किसानको लागत नै करिब दुई हजार दुई सय रुपैयाँ पर्छ। तर बजारमा अहिले एक क्विन्टल धानको अधिकतम मूल्य एक हजार दुई सयदेखि एक हजार चार सयमात्रै रहेको किसानको भनाइ छ।
एक क्विन्टल धान उत्पादन गर्न दुई हजार दुई सय रुपैयाँ लागत पर्छ तर बजारमा अहिले एक क्विन्टल धानको अधिकतम मूल्य एक हजार दुई सयदेखि एक हजार चार सयमात्रै छ। अन्नपूर्णमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया