असोज २२ इनरुवा

jayakrishna-goit

अखिल तराइ मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइत यतिवेला सुनसरीमा रहेको खुल्न आएको छ ।
केहिदिनयता गोइत सुनसरीका सीमावर्ति दक्षीणी गाविसहरुमा गोप्य वार्तामा सकृय रहेको स्रोतले बताएको छ ।विगत ५५ दिन देखि तराई मधेशमा जारी आन्दोलन प्रति समर्थन जनाउँदै आएका गोइतले स्वतन्त्र तराइ मधेशका लागि पक्ष्यमा बहस चर्काएको बुझिएको हो ।विषेश भेला बताइएको कार्यक्रम स्थल भने गोप्य राखिएको छ ।कार्यक्रममा गोइतले राज्यले दमन गरी मधेशी समुदायको हत्या गरी रहँदा सरोकारवालाहरु मौन रहनुलाई गम्भिरता पूर्वक लिएको बताइएको छ ।उनले अब तराई मधेशमा आन्दोलनको आंधिवेहरी ल्याउने चेतावनी समेत दिएको स्रोतले जनाएको छ ।गोइतले अहिले सम्म नेपालमा जारी भएका सबै संविधान विभेदकारी रहेको आरोप लगाउदै तीनदलको सहमतीमा आएको संविधान तराईबासीले नमान्ने बताउदै हतियार बन्द आन्दोलन थाल्ने बताएको स्रोतले उल्लेख गरेको छ ।उनले तराईबाट सेना र प्रहरीलाइ तत्काल फिर्ता नबोलाए सशक्त कार्वाही थाल्र्ने चेतावनी समेत दिएको बुझिएको छ ।

तपाईको प्रतिक्रिया