काठमाडौं, १९ मंसिर । गत बिहिबार सिरहामा घाईते भएका आन्दोलनकारीहरुलाई भेट्न सीमावर्ती सहर सीतामढी पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दुई नेता राजेन्द्र महतो र महेन्द्र यादवले भारतीय नेताहरुसँग पनि भेटघाट गरेका छन् ।

madhesi neta

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले राष्ट्रिय जनता दलका वरिष्ठ नेता एवं भारत सरकारका पूर्व केन्द्रिय मन्त्री रघुवंश प्रसाद सिंहसँग भेट गरेका छन् । घाइतेहरुलाई भेटेर महतो र यादव आजै पटना हुँदै दिल्ली जाने कार्यक्रम छ ।  मधेसी मोर्चाका अन्य दुई नेता महन्थ ठाकुर र उपेन्द्र यादव भने भोलि आइतबार दिल्ली जाने तयारीमा छन् ।

 

 

 

तपाईको प्रतिक्रिया