accident-board_116618मंसिर १९, बिराटनगर । मोरङको विराटनगरमा सवारी दुर्घटनाबाट एक प्रहरी हवल्दारको ज्यान गएको छ । विराटनगर–६ मा घर भई हाल इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी हवल्दार रेवतीरमण भण्डारीको दुर्घटनाबाट ज्यान गएको हो ।कोसी राजमार्गमा बरगाछीबाट रोडशेष जाँदै गरेको को ७ प ७४५३ नम्बरको स्कुटी सोही दिशा जाँदै गरेको नम्बर नखुलेको ट्र्याक्टरमा ठक्कर खादा भण्डारी गम्भीर घाईते भएको र राती १ बजे न्युरो अस्पताल बिराटनगरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया