kamla-thapa-swasma-sworaj

मंसिर १९ । निजि भ्रमण भन्दै भारत पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतसँग चारबुँदे सम्झौता गरेको खुलासा भएको छ । आफ्ना निजि सचिब पनि नलिई एक्लै भारत गएका मन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा  स्वराजसँग लिखित रुपमै ४ बुंदे सहमति गरेको स्रोतले दाबी गरेको छ  । नेपालमा जारी नाकाबन्दी हटाउन भारतले ३ बुंदे सुझाब दिएको चर्चा भैरहंदा मन्त्री थापाले लिखित रुपमै ४ बुदे सहमति गरेको खुल्न आएको हो । सहमति अन्तर्गत सीमांकन हेरफेर र परिमार्जनदेखि नागरिकताको विषय समेत समेटिएका छन् । उपप्रधानमन्त्री थापाले शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिपक्षी कांग्रेससहितका प्रमुख दलहरुको बैठकमा  भारतसँग गरेका चारबुँदे समझदारीको जानकारी गराएका हुन् ।

यी हुन् कमल थापाले गरेको सहमति ।

१) संविधान संशोधन गरी प्रदेशहरुको सीमांकन परिमार्जन गर्ने ।

२) सीमांकन हेरफेर गर्दा तराई मधेसमा भइरहेको आन्दोलनका मागलाई सम्बोधन गर्ने ।

३) राजनीतिक समिति बनाएर दलहरुको सहमतिका आधारमा तीन महिनाभित्र सीमांकन हेरफेर गर्ने ।

४) नागरिकताको विषयमा देखिएको अस्पष्टता स्पष्ट पार्ने ।

तर बैठकमा नेताहरुले त्यसलाई नमान्ने अडान लिएपछि केहि परिमार्जन गरिएको छ  । जसअनुसार ‘सीमांकन परिमार्जन गरिनेछ’ भन्ने बुँदालाई पनि संशोधन गरेर ‘संविधानमा व्यवस्था गरिनेछ’ भन्ने बनाइएको छ । नागरिकताको विषयमा केही पनि अस्पष्टता नरहेको भन्दै चौथो प्रस्ताब हटाईएको छ । यसै समयमा मोर्चाका नेता भने बालुवाटारमा डाकेको बैठकमा नगई भारतीय दुतावास पुगेका थिए । त्यहाँ उनीहरुले भारतीय विदेश मन्त्री सुष्मा स्वोराज र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फरेन्स गरेको बताईएको छ । सो पछिको छलफलमा मोर्चाका नेताहरुले राजदुत रंजित रे सँग कुरा गर्दै सरकारले पहिले पनि यस्तै सहमति गरेको तर कार्यन्वयन नगरेको भन्दै उधारो सहमति नमान्ने र हाताहाती सहमतिमा जोड दिएको स्रोतले बताएको छ । यसैबीच भारतले आन्दोलनरत मधेसी मोर्चाका शिर्ष नेताहरुलाई भोलि भारत बोलाएको छ । अब मोर्चाका नेताहरु भारतबाट फर्किदा के संदेश ल्याउछन् भन्नेमा अब राजनीतिक घटनाक्रम भर पर्छ ।बिजपाटिबाट

तपाईको प्रतिक्रिया