NET-TVनेट टिभी नेपालले एन्ड्रोइड फोन र आइफोनको लागी ‘फ्रि मोबाइल एप्लिकेसन’ सार्बजनिक गरेको छ । छिट्टै सेटअपबक्स मार्फत नेपालमा आइपी टेलिभिजन सेवा सुरु गर्ने क्रममा रहेको नेटटिभीले नेपालका लागी फ्रि-मोबाइल एप्लिकेसन सार्बजनिक गरेको हो ।सो एप मार्फत प्रयोगकर्ताले बिभिन्न नेपाली, हिन्दी, अंग्रेजी भाषाका मनोरंजन र खेलकुदका च्यानल ‘फ्री’ मै हेर्न सक्नेछन । ‘नेटटिभी’ एनआई टिभी स्ट्रिम्ज प्रालीको प्रोडक्ट हो ।

छोटो समयमा नै अत्यधिक रुचाइएको यो मोबाइल एप नेपालीहरुले नै नेपालको लागी बिकास गरिएको हो । अबको समय सबै ‘इन्टरनेट बेस’ भइसक्यो त्यसैले मोबाइललाई लक्षित गरी नयाँ-नयाँ प्रडक्ट आउने क्रममा छन । जापानमा रहेको न्युआइटी भेन्चर कर्पोरेसनले नेपालका इन्टरनेट प्रदायक संस्थासंग मिलेर सेटअप बक्स मार्फत छिट्टै सेवा ल्याउदैछ, यसैको एउटा प्रडक्ट मोबाइलमा टिभी हेर्ने एप नेटटिभी हो ।नेपाली प्रयोगकर्ता माझ लोकप्रिय बनेको सो एप आइफोन र एन्ड्रोइडमा करिब ४०हजार डाउनलोड भैसकेको छ । नेटटिभी नेपाल डाउनलोड गरी फेसबुक आइडी, पासवोर्ड प्रयोग गरी फ्रीमै सजिलै हेर्न सकिनेछ ।नेपाली प्रबिधिको क्षेत्रमा यो टिभी प्लेट फर्मले छलांग मार्ने कम्पनीले दाबी गरेको छ ।

 

तपाईको प्रतिक्रिया