Madheshi-morcha-350x175काठमाडौं , २० मंसिर । कूटनीतिक सूत्रहरूका अनुसार अहिलेकै अवस्था लम्बिए मधेस आन्दोलन मोर्चाको कमान्डभन्दा बाहिर जाने खतरा रहेको भारतको बुझाइ छ । ‘उनीहरू मोडरेट समूह हुन् जसको हातबाट तराईको राजनीति बाहिर गयो भने विखण्डनवादीहरूको हातमा जानेछ, पश्चिमाहरूको सहयोगमा सञ्चालित त्यो आन्दोलनले भारतको हितमाथि अर्को धावा बोल्नेछ,’ स्रोतले नयाँ पत्रिकासाग भन्यो, ‘भारतका लागि त्यो दोब्बर चिन्ता हुनेछ । त्यसकारण उनीहरूलाई वार्तामा बसाएर शान्तिपूर्ण समाधान खोज्न भारतले प्रोत्साहित गर्नेछ । त्यसकै लागि उनीहरूलाई बोलाइएको हो ।’

मोर्चाका नेताहरूले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, गृहमन्त्री राजनाथ सिंहसाग भेट्ने लगभग पक्का भएको छ । भाजपाका महासचिव राम माधव, कंग्रेस आईका नेता डा. करण सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, भाजपा नेता भगतसिंह कोस्यारी, माक्र्सवादी कम्युनिस्टका नेता सीताराम येँचुरी, सांसद डिपी त्रिपाठीलगायतसँग भेट्ने कार्यक्रम छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया