काठमाडौं , मंसिर २० । खाने तेलमा बढी मूल्य राखेर क्रिी गर्ने के एल दुगड ग्रुपकाका सबै खाता प्रहरीले नियन्त्रणमा लिएको छ । उपभोक्ता ठगी र कालोबजारी अभियोगमा तानिएको दुगडका आर्थिक कारोबारको पारदर्शितामाथि प्रश्न उठाउँदै प्रहरीले तेल उत्पादन तथा विक्रि वितरण सम्बन्धि सम्पूर्ण खातापाता अनुसन्धानका लागि जफत गरेको हो ।

काठमाडौं जिल्ला अलालतले आरोपितलाइ हिरासतमा राखेर अनससन्धान गर्न अनुमति दिइसकेको छ । मुलुकमा देखापरेको पछिल्लो असहज परिस्थिति अघि र त्यसपछि गरिएका आर्थिक हिसावकितावको अनुसन्धानका लागि खाता नियन्त्रणमा दिएको एसपी विश्वराज पोखरेलले बताए । अाजकाे कारोबार दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया