lahan sarsafai

लहान, मंसिर २०।सिरहाको लहान सरसफाई अभियान अन्तर्गत ५० औं हप्ताको अवसरमा शनिबार एक समारोहबीच सरसफाई अभियानका सहयोगीहरुलाई सम्मान गरिएको छ । लहान नगरपालिका ८ सरस्वती टोल विकास समितिले लहान नगरका पूर्व मेयर लगनलाल चौधरी, लहान नगरपालिकाका निमित्त प्रमुख शत्रुधनप्रसाद चौधरी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख रञ्जित अधिकारी,सरसफाई अभियानकी अगुवा रिना चौधरी,इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका प्रहरी नायव उपरीक्षक प्रकाश माझी लगायत लाई दोसल्ला ओढाएर सम्मान गरिएकोसमितिका सदस्य डा. नमोनारायण झाले बताउनु भयो ।उक्त समारोहमा वक्ताहरुले लहानलाई स्वच्छ, सफा र सुन्दर बनाउन नगरपालिकाको मात्र मुख नताकी फोहोर व्यवस्थापनका लागि नगरवासीहरु नै जागरुक बन्नु पर्नेमा जोड दिए ।लहान नगरपालिकाका निमित्त प्रमुख शत्रुधन प्रसाद चौधरीले नगर क्षेत्रमा हुने फोहोर उत्पादन र व्यवस्थापन गर्न स्थानीय नागरिकहरु जिम्मेबार बन्नु पर्ने औंल्याउँदै प्लाष्टिक झोला प्रयोग नगर्न, खुल्ला दिसा पिसाव नगर्न, नालामा शौचालयको पाइप नमिसाउन र आफ्नो घर अगािड सडक किनारमा निर्माण सामग्री नथुपार्न आग्रह गर्नुभयो ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया