morcha at delhi

२० मंसिर, काठमाडौं । मधेसी मोर्चाका नेताहरु राजनीतिक भेटवार्ताका लागि नयाँदिल्ली पुगेका छन् ।  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर आइतबार विहान नयाँदिल्ली गएका हुन् भने सदभावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महिन्द्रराय यादव भने शनिबार नै पटना हुँदै दिल्ली पुगिसकेका छन् ।

आइतबार दिउसो जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसँग मोर्चाका नेताहरुले भेट गरेका छन भने चार बजे कांग्रेस आईका नेता करण सिंहसँग, साढे ५ बजे राष्ट्रिय कांग्रेस पार्टीका नेता डिपी त्रिपाठीसँग भेटवार्ता गर्ने तय भएको छ ।आज साझ विदेशमन्त्री सुष्मा स्वराजले आयोजना गरेको रात्रिभोजमा मधेसी मोर्चाका शीर्ष नेताहरू सहभागी हुनेछन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भेटवार्ता गर्ने तयारी भैरहेको छ ।संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईका अनुसार नयाँदिल्ली बसाइको क्रममा उच्च राजनीतिक भेटवार्ता गरी मोर्चाका नेताहरु बुधबार नेपाल फर्कने छन् ।

 

 

 

तपाईको प्रतिक्रिया