Sunny-Leone

 

मुम्बई: बलिउड अभिनेत्री तथा ‘पोर्न स्टार’ सन्नी लियोनीका प्रशंसक विश्वभर छरिएका छन् । त्यसैले होला, सामाजिक सञ्जालमा धेरै ‘फलोअर्स’ भएका ‘सेलेब्रिटी’मा उनी पनि पर्छिन् । केही दिनअघि अमेरिकाको लस एन्जल्समा भएको कार्यक्रमले पनि पुष्टि गरेको छ, सन्नीलाई सुन्न चाहने प्रशंसक कम छैनन् ।

 

त्यहाँ टिकटमा कार्यक्रम भएको थियो– स्टेज सो । १५ सय डलर राखिएको त्यो ‘सो’मा हल खचाखच भयो । त्यसपछि मिडियाले छापेका छन्, सन्नीले आफ्नो पारिश्रमिक बढाउने निर्णय गरेकी छिन् । उनीहरूको यो तर्कलाई साथ दिएको छ, कतारमा उनको कार्यक्रमले । लस एन्जल्सको कार्यक्रम ‘भव्य’ भएसँगै कतारबाट सन्नीलाई अनेकौं अफर आएका र त्यहाँका कार्यक्रममा प्रवेशशुल्क लस एन्जल्समा भन्दा बढी राखिएको मिडियाले दाबी गरेका छन् । नयाँपेज बाट ।

 

तपाईको प्रतिक्रिया