
उनले ट्विटरमा एउटा फोटो सेयर गरेकी छिन्, जसमा हलिउडका चर्चित अभिनेता विन डिजलसँग अँगालो मारिरहेको देखिन्छ भने पृष्ठभूमीमा ‘एक्सएक्सएक्स’ देखिएको छ । ‘एक्सएक्सएक्स’ सन् २००२ को चर्चित एक्सन फिल्म हो । जसमा विन डिजल मुख्य चरित्रमा थिए ।
बताइएअनुसार दीपिकाले यही फिल्मको फ्रेन्चाइजी फिल्ममा काम पाउन सक्नेछिन् । हाल रिलिज भइरहेको फिल्म ‘तमाशा’ को सक्सेस पार्टी सकेर फिल्मकै लागि विन डिजलसँग मिटिङ गर्न उनी अमेरिका गएकी थिइन् । उनले त्यहाँ पुगेर सो फोटो खिचाएकी थिइन् ।
जनाइएअनुसार दीपिकालाई यसअघि नै हलिउडबाट अफर आइसकेको थियो । विन डिजल स्टारर फिल्म ‘फाष्ट एण्ड फ्युरियस ७’ का लागि अफर आउँदा उनी ‘ह्याप्पी न्यु इयर’ मा व्यस्त भएकाले उनले सो अफर ताेड्नु परेकाे थियाे। सेताेपाटी बाट ।