फाइल फोटो
फाइल फोटो

मंसिर २०। दिनभर लाइन लागेर पनि ग्यास नपाएपछि उपभोक्ताले उद्योगमा नै तोडफोड गरेका छन् ।उग्रतारा जनागाल २ स्थित सगरमाथा ग्यास उद्योगमा लाइन लागेका उपभोक्ताले नाराजुलुश पछि तोडफोड गरेका हुन् । प्रहरी र उपभोक्ताविच झडप हुँदा प्रहरी नायव निरीक्षक सहित ७ प्रहरी घाइते भएका छन् । प्रहरी नायब निरीक्षक निरोजकुमार मल्लिक, प्रहरी सहायक निरीक्षक हाजिलाल चौधरी, भाग्यनारायण साह, प्रहरी जवान सत्यनारायण महतो, प्रकाश शाह तेली घाइते भएका छन् । मल्लिकको टाउको र आाखामा गम्भीर चोट लागेको छ । बनेपास्थित शिर मेमोरियल अस्पताल पुर्‍याइएका उनलाई धुलिखेल अस्पताल रिफर गरिएको छ । ४ सर्वसाधरण सामान्य घाइते भएका छन् ।

शनिबार सगर ग्यासको एक बुलेट सिलिण्डर आएको सूचना पाएलगत्तै करिब ३ हजार ५ सय उपभोक्ता उद्योग परिसरमा लाइन लागेका थिए । जिल्ला प्रशासन कार्यलय काभ्रे, प्रहरी र उद्योगले पनि वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, विभागले डिपो मार्फत वितरण गर्न वितरण गर्न निर्देशन दिएकाले लाइन मार्फत वितरण गर्न नसकिने बताउँदै आएका छन् । आक्रोशित उपभोक्ताले नाराजुलुश गर्दै कालोबजारी रोक्न माग गरेका छन् । ढुंगामुढा भएपछि कर्मचारी पर्खाल नाघेर भागेका थिए । झडप भएपछि लाइन बसेका उपभोक्ताहरु सिलिण्डर बोकेर फर्किएका छन् ।

उद्योगका अध्यक्ष सगरमल अग्रवालले प्रशासनले लिखित निर्देशन दिएमात्रै आफुले लाइनमार्फत बाड्ने बताए । नाकाबन्दी यता आएका ४ बुलेटमध्ये २ बुलेट लाइन मार्फत र २ बुलेट डिपोमार्फत वितरण गरिसकेको छ । डिपोमार्फत वितरण गर्दा कालोबजारी भएको भन्दै उपभोक्ताले लाइन मार्फत वितरण गर्न माग गरेका हुन् । कालोबजारी हुने भन्दै प्रशासनले डिपो, डिलर र विक्रेतालाई उपभोक्ताको सम्पर्क नम्बरसहितको विवरण राख्न निर्देशन दिइसकेको छ ।कुविक एनपी न्युजबाट

तपाईको प्रतिक्रिया