फाइल फोटो
फाइल फोटो

मंसिर २१, कपिलवस्तु ।आइतबार राति कपिलवस्तुमा मधेशी मोर्चाका कार्यकर्ताले दुई ओटा ट्रकमा आगजनि गरेकाछन्।बन्दको अबज्ञा गरेको भन्दै रुद्रपुर र जवाभारीको बीचमा राति करीब साढे ९ बजेको समयमा ट्रकमा आगजनि गरेका हुन् ।ना ६ ख १२४८ नम्बरको ट्रक र लु १ ख ८७४८ नम्बरको ट्रकमा मोर्चाले आगजनी गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

सो क्रममा बन्दको बेला गाडि चलाएको भन्दै १२४८ नम्बरको ट्रक ड्राइभर नबिन सिंहलाई कुटपिट समेत गरेका थिए ।मोर्चा कार्यकर्ताको कुटाईबाट नविन सिंह घाइते भएको प्रहरीले जनाएको छ ।जनपद प्रहरी र सशस्त्र प्रहरी टोलीले आगो नियन्त्रणमा लिएका थिए ।मोर्चा संयोजक सतिस कुमार गुप्ताले आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलनलाई अझ सशक्त पार्ने बताए ।

 

 

 

 

तपाईको प्रतिक्रिया