हिमालपारीको जिल्ला मनाङमा तापमापन यन्त्रले त्यहाँको तापक्रम माइनस १६ डिग्री देखाईरहंदा खोलाको बगिरहेको पानी जम्न थालेको छ भने तालमा समेत हिड्न मिल्नेगरी तालको पानी चट्टानमा परिणत भएको छ । यस्तै रातिको बेला परेको शीत जमिनमा बरफ बनेको र अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन्। सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभएको छ ।

सामाजिक सन्जाल

तपाईको प्रतिक्रिया