काठमाडौं, २६ पुस । धितोपत्र बोर्डले नक्कली सेयरको कारोबार गर्ने दलाललाई कारबाही गरेको छ ।कारबाहीमा पर्ने कम्पनीमा अग्रवाल सेक्युरिटिज प्रालि, श्रीहरि सेक्युरिटिज प्रालि र सिप्रवी सेक्युरिटिज प्रालि रहेका छन् ।धितोपत्र बोर्डका अनुसार चिमिले जलविद्युत् कम्पनी नेसनल हाइड्रोपावर कम्पनी तथा सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको नक्कली सेयर कारोबार भएको सम्बन्धमा बोर्डबाट छानबिन भई कारबाही गरिएको हो ।आजको गोरखापत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया