accident-board_116618२१ मंसिर, धादिङवेशी । धादिङको धुसा गाविस १ चरौंदीमा बस र माइक्रोबस आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।ग १ ज ५४३५ को माइक्रो र ना ५ ख ७०८३ नम्बरको बस ठोक्किँदा तनहुँको भानु नगरपालिका ४ का ८० वर्षीय जनकराज आचार्य र भानु नगरपालिका ९ का १३ वर्षीय आयुष श्रेष्ठको मृत्यु भएको हो । अर्का मृतक अन्दाजी ३० वर्षीयको पुरुषको भने सनाखत नभएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।दुर्घटनामा तनहुँको चुदी-३ का ५१ वर्षीय प्रेमराज आचार्य, सोही स्थानकै १३ वर्षीय सुशान्त आचार्य र तनहुँ बरभञ्ज्याङकी ३४ वर्षीय पार्वती श्रेष्ठ घाइते भएका छन् ।

 

तपाईको प्रतिक्रिया