२७ पौष, सुनसरी। सुनसरीको दुहवीमा बिहिवार दिउँसो स्कारपियोको ठक्करबाट ११ वर्षीय एक बालक घाइते भएका छन। दुहवी नगरपालिका ५ प्रगति टोल बस्ने आदर्श साहलाई बाटो काट्नेक्रममा को २ च ८७ नम्बरको स्कारपियोले ठक्कर दिंदा उनी घाइते भएका हुन।बालकको बायाँ खुट्टामा चोट लागेकोले उपचारका लागि विराट नर्सिङ होम लगिएको छ भने ठक्कर दिने स्कारपियोका चालक ईलाका प्रहरी कार्यालय दुहवीको नियन्त्रणमा रहेका छन्।

तपाईको प्रतिक्रिया