२८ पौष, सुनसरी। सुनसरीको ईटहरीमा गएराती मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा को १० प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ को अरुण राई रहेका छन् ।

राती करिब ११३० बजेतिर प्रहरीको गस्ती टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित सयपत्री टोल जाने बाटोमा रहेको बिजुलीको पोलमा राईको मोटरसाइकल ठोक्किंदा गम्भीर अवस्थामा भेटेपछि उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएका थिए। राईको सोही प्रतिष्ठानमा उपचार हुँदा हूँदै मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया