पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर ‌ ‍(आइपीओ ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ५ गतेदेखि प्रति कित्ता १०० रुपैयाँ अंकित ११ लाख कित्ता अर्थात् ११ करोड रुपैंया बराबरको आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी गर्न लागेको ११ लाख मध्ये इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाका बासिन्दालाई ६० प्रतिशत अर्थात ६ लाख ६० हजार कित्ता र इलाम नगरपालिकाका बासिन्दालाई ४० प्रतिशत अर्थात् ४ लाख ४० हजार कित्ता आइपीओ बिक्री गरिनेछ । कम्पनीको आईपीओमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । सनराइज क्यापिटलले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछ ।

सेयरका लागि लगानीकर्ताले सनराइज बैंक र प्रभु बैंकका इलाम शाखा, सन्दकपुर गाउँपालिकाको कार्यालय र पञ्चकन्या माईको साइट कार्यालयमा आवेदन दिनुपर्नेछ । पहिलो चरणमा स्थानीयलाई जारी पुँजीको १० प्रतिशत आइपीओ बिक्री गर्न लागेको कम्पनीले यसलगतै सर्वसाधारणलाई १० प्रतिशत आइपीओ जारी गर्नेछ ।

तपाईको प्रतिक्रिया