पुष २९ इनरुवा/ कोशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड इनरुवा सुनसरीले शेयर सदस्यहरुकालागि २० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । इनरुवामा रहेका दजर्न बढी सहकारी संस्थाहरुमध्ये कोशी बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यकालागि उपलब्ध गराउन लागेको सो लाभांस सबै भन्दा बढी हो । संस्थाले आ.व. २०७२।०७३ मा कर पछिको कुल मुनाफा ३९ हजार ३५२ रुपैंया कमाएकोमा २०७३।०७४मा संस्थाको मुनाफा वृद्धि ३३ लाख ५२ हजार ७ सय ३४ पुगेको छ ।


संस्था मुनाफामा गएकाले सोही अनुरुपको सेवा सुविधा उपलब्ध गराउन लागिएको लेखा समिति संयोजक योगेन्द्र गिरीले जानकारी दिनुभयो ।
संस्थाको १७ वार्षिक साधारणसभामा गिरीले लेखा प्रतिवेदन प्रस्तुत गदै संस्थागत प्रगति विवरण पेश गर्नु भएको थियो । २०५८ सालमा २५ जना सेयर सदस्य संस्था संचालनमा ल्याएको सहकारीमा हाल ८ सय ८६ जना सदस्य रहेका छन् । साधारण सभामा संस्थाले आर्थिक वर्ष २०७४।०७५कालागि २ करोड ८ लाख ३५ हजार अनुमानित रकम प्रस्ताव गरेको छ ।


संस्थाको आव २०७३।०७४ तर्फको कुल बचत २० करोड २४ लाख ४० हजार ३ सय १६ रुपैंया रहेको छ । ऋण लगानी १६ करोड ७२ लाख २० हजार ८ सय ७८ रहेको छ । सेयर पुँजी गत आवको तुलनामा ३३ प्रतिशत वृद्धि भई आव २०७३।०७४ मा १ करोड ९ लाख ७० हजार ८ सय पुगेको छ । साधारण सभामा संस्थाका अध्यक्ष केदार भण्डारीले संस्था क्रमश प्रगतिको बाटोमा लम्कदै गएकाले सोही अनुरुपको सेवा सुविधा प्रवाह गर्दै जाने बताए । उपाध्यक्ष रमेश तिम्सिनाले संस्थागत र सेयर सदस्यहरुको हकहीत र सामाजिक उत्तरदायित्व वहन गर्दै आगामी दिनमा संस्थालाई थप मजबुत बनाउने अठोटका साथ कार्यसमिति लागिपरिएको बताए ।

साधारणसभाको उद्घाटन प्रतिनिधिसभा सदस्य सीताराम मेहताले गरेका थिए । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम, ऋण उपसमिति संयोजक उद्धब काफ्ले , सदस्य हेमराज पोखरेल लगायतकाले संस्थाका बारेमा धारणा राखेका थिए । सचिब कृष्णप्रसाद दाहालले संचालन गरेको कार्यक्रममा विभिन्न विधाका उत्कृष्टहरुलाई सम्मान समेत गरिएको प्रवन्धक रिजन तिम्सिनाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया