२ माघ, मोरङ। मोरङको बुढीगंगा गाउँपालिका-४ राहुल पेट्रोलपम्प अगाडिबाट प्रहरीले सोमबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका-३ बस्ने २२ बर्षिय दिबस बराईली रहेका छन्। बराइलीलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले साँझ ६ बजेतिर पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट एभील १८ एम्पुल, डाईजेल्याब १८ एम्पुल, लुपिजेसीक १८ एम्पुल र फेनारगन १८ एम्पुल बरामद गरेको छ। बरामद लागूऔषधसहित उनलाई इलका प्रहरी कार्यालय निमुवाम राखी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया