२ माघ, इटहरी। विद्यार्थीको संख्या अनुसार शिक्षक भएको तथा भएका शिक्षकहरुलाई समेत तलव खुवाउन समस्या परिरहेको कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यपकले गुनासो गरेका छन । कोशी गाउँपालिका ७ हरिपुरमा रहेको कोशी जनता माध्यमिक विद्यालयमा अध्ययरत ९सय ४८जना विद्यार्थी १३ जना शिक्षकहरुले पढाइ रहेको र निजी श्रोतबाट राखिएका शिक्षकहरुलाई तलव खुवाउन समस्या परिरहेको प्रअ मोहन कुमार यादवले गुनासो गरेका हुन ।

दुई वर्ष अघि सम्म विद्यालयमा पिसीएफ कोटा अन्र्तगत शिक्षकहरु रहेका भएपनि दुई वर्ष यताबाट पिसीएफ कोटा दिन छाडेपछि निजी श्रोतका शिक्षकहरुलाई तलव खुवाउन समस्या परेको प्रअ यादवले वताए । विद्यालयको आफनो कुनै आयस्रोत नभएका कारण निजी श्रोताबाट राखिएका ६ जना शिक्षकहरुलाई तलव खुवाउन समस्या परिरहेको जनाइएको छ ।

स्थानीय तह अन्र्तगत सामुदायिक विद्यालयहरु समावेश गरिएपनि गाउँपालिकाले हाल सम्म पनि कुनै पनि प्रकारको रकम नआएका कारण तलव खुवाउन समस्या परेको प्रअ यादवको गुनासो रहेको छ । सो विद्यालयमा ३ जना माध्यमिक र ३ जना आधारभुत तहका शिक्षकहरु मात्र दरवन्दीका , एक जना काजमा रहेका र ६ जना निजी श्रोतका गरी कुल १३ जना शिक्षक रहेको वताइएको छ । २०६५साल भाद्र २ गते कोशीले पुर्वी तटवन्ध भत्काएर मानव वस्तीमा पस्दा समेत सो विद्यालय पनि क्षति पुर्याएको थियो ।

तपाईको प्रतिक्रिया