३ माघ, दिपेन्द्र यादव इनरुवा। राजपा नेपाल क्षेत्र नं. ४ ले कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको अर्नाको आक्रमणबाट मृत्यु भएको सहजादि खातुनको मृतक परिवार प्रति समवेदना प्रकट गरेको छ। हिजो मंगलबार कोशी टप्पु वन्यजन्तु आरक्ष बाट निस्केर आएको अर्नाको आक्रमणबाट कोशी गाउँपालीका वडा नम्बर ४ का स्थानीय मजबुल मियाकी ९ वर्षिय छोरी सहजादी खातुनको मृत्यु भएको थियो भने सोही स्थानका १३ वर्षीय जावेद अख्तर घाइते भएका छन्। अर्नाको आक्रमण बाट सक्त घाइते भई हाल उपचारका क्रममा रहेको जावेद अख्तरको स्रिघ स्वास्थय लाभको समेत कामना गरेको छ।

राजपा क्षेत्र नं. ४ का परिवार तथा नेपाल शिक्षक मञ्चका पूर्व अध्यक्ष रामनारायण यादवले आज प्रेस विज्ञप्ती जारी गरी मृतक परिवार तथा घाइते भएका परिवारलाई तत्कल क्षतिपुर्ति उपलब्ध गराउँनका लागि समवद्ध सरोकारवाला निकायहरुको गम्भिर ध्याणकर्षण समेत गराएका छन् ।

तपाईको प्रतिक्रिया