काठमाडौं, ४ माघ । भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म निर्धाणाधीन ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ ।पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालन गर्न रेलमार्गमा स्लिपर, ब्लास्ट र रेल ओछ्याउने काम भइरहेको छ ।

भारत सरकारको सात अर्ब २० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित यस परियोजना अन्तर्गत अक्टोबरसम्ममा सिभिल कन्स्ट्रक्सनको काम पूरा हुने जनाइएको छ ।अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया