४ माघ, धनकुटा। धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन उग्र भएपछि प्रशासनले अनिश्चितकालको लागि  कर्फ्यु घोषणा गरेको छ । आज मध्यान्हबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालको लागि  कर्फ्यु घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले जानकारी दिए । उनका अनुसार जिरोपईन्ट, बसपार्क, बिहिबारे हटिया, लोकसेवा, आँखा अस्पताल लगायत ठाउँमा कर्फ्यु घोषणा गरिएको हो । अनिश्चितकालको लागि  कर्फ्यु घोषणा भएपछि सडकमा हिँडडुल गर्न पाइदैन् । हिँडडुल गरेको भेटिए प्रहरीले पक्राउ गर्न सक्छ । अटेर गरेर प्रदर्शन भएमा प्रहरीले फाईरिङ पनि गर्न सक्ने प्रमुख जिल्ला अधिकारी उप्रेतिले जनाएका छन् ।

तपाईको प्रतिक्रिया