५ माघ, इनरुवा। स्वर्गिय पत्रकार डम्बरबहादुर थापाको परिवारलाई नेपाल पत्रकार महासंघ सुनसरीले आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघ सुनसरी अध्यक्ष अमर खड्का सहित थापा निवास इनरुवा ६ मधेशा पुगेको पत्रकारहरुको टोलीले काजक्रिया सहयोग वापत नगद् ३७ हजार सहयोग रकम थापा परिवारका सदस्यलाई हस्तान्तरण गरेको हो ।
महासंघ सुनसरीले आर्थिक सहयोग संकलनको क्रममा रहेकाले थप सहयोग जुटे उपलब्ध गराइने जनाएको छ । थापा परिवारलाई नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेलले समेत व्यक्तिगत रुपमा नगद ५ हजार सहयोग उपलब्ध गराएका छन् । महासंघका अग्रज पत्रकार सहित मधेशा पुगेको टोलीले शोकसभा गरी समवेदना सहित श्रद्धाञ्जली ब्यक्त गरेको छ । थापाको गएको मंगलबार बिहान ७६ वर्षको उमेरमा निधन भएको थियो । स्वर्गिय थापा पूर्वकै अग्रज पत्रकार थिए ।
थापालाई योद्धा पत्रकारका रुपमा चिन्ने गरिन्छ । थापाका दुई छोरा रहेका छन् । यद्यपी दुवै छोरा बैदेशिक रोजगारीका क्रममा विदेशिएकाले थापाकी श्रीमति काजक्रियामा बसेकी छिन् । स्वर्गिय थापाको परिवार आर्थिक रुपमा निकैनै कमजोर रहेको छ । यसैबीच नेपाल पत्रकार महासंघका साधारण सदस्य लेखनाथ दङगाल(लक्ष्मी दङगाल) लाई मातृशोक परेकाले महासंघको टोलीले दङगाल परिवारलाई समेत भेटी समवेदना प्रकट गरेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया