५ माघ, इटहरी। नागरिक स्तरबाट सिएफएल बल्ब सेट खरिद प्रकारणका दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै विरोध जारी रहेको समय इटहरी उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरी सो प्रकरणमा प्रकृयागत त्रुटी भएको जनाएको छ।

सिएफएल खरिदमा आर्थिक अनियमितता भएको भन्ने विषयमा उपमहानगरपालिकाले गठन गरेको छानविन समितिको प्रतिवेदनमा प्रकृयागत त्रुटि भएको उल्लेख भएको पत्रकार सम्मेलन गरी जनाएको हो। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा सम्वन्धीत शाखा र जिम्मेवार कर्मचारीहरुसंग सोधपुछ र सो विषयमा स्पष्टीकरण लिने कार्यपालिका बैठकले निर्णय गरेको उल्लेख गरिएको छ। त्यसै गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत प्रतिवेदन पठाई सकेको जनाइको छ ।

इटहरी उपमहानगरपालिकाले सिएफएल खरिद प्रकरणको विषयमा दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै खवरदारी गर्दै आएका स्थानीय युवाहरुले शुक्रवार पनि आधा घण्टा उपमहानगरपालिकाको मुलगेटमै तालाबन्दी गरी धर्ना दिए । सिएफएल खरिदका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुर्वाञ्चल क्षेत्रीय कार्यालयले अनुसन्धान गरिएको छ । अख्तियारका क्षेत्रीय प्रमुख प्रदिप कुमार कोइरालाले अनुसन्धान जारी रहेको वताए । ९७लाखको सिएफएल बल्ब तथा सेट खरिद गर्दा उपमहानगरपालिकाले सार्वजनिक खरिद ऐनको समेत पालना नगरिएको उपमहानगरपालिकाको छानविन समितिको प्रतिवेदनमै उल्लेख भएको छ ।

तपाईको प्रतिक्रिया