६ माघ, ताप्लेजुङ। ताप्लेजुङको मेरीङदेन गाउँपालिका-३ स्थित दोभान-ढुङ्गेसाँघु सडक खण्डमा शनिबार ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन्। घाइते हुँनेमा सोही ठाउँका अनिल लाबुङको २ बर्षिय छोरा आशिष लाबुङ रहेका छन्। बलकलाई विहान ११ बजेतिर ना ५ त ७१८० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ठक्करबाट घाइते बालकको तमोर अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ भने ट्याक्टरका चालक अस्थायी प्रहरी चौकी ढुङ्गेसाँघुको नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया