Grabbed Frame 30
अमर काफ्ले, मंसिर २२ इनरुवा
मधेश मुक्ति आन्दोलन संघर्ष समिति सुनसरीले आजबाट आन्दोलनका कार्यक्रमलाई पूनः निरन्तरता दिएको छ ।सदरमुकाम केन्द्रित आन्दोलन चर्काउदै आएको मोर्चाको घटक मधेश मुक्ति आन्दोलन समितिले आज लौकहीमा विरोध जुलुस प्रर्दशन गर्दै आन्दोलनका कार्यक्रमलाई पून निरन्तरता दिएको हो ।
फुलचोक भन्ने स्थानमा भेला भएका मोर्चा आवद्ध नेता तथा कार्यकर्ताहरुले पूर्व पश्चिम राजमार्गको लौकही बजार सम्म सरकारवादी नारावाजी सहित प्रर्दशन गरेका थिए ।प्रर्दशन अवधिभर मोटरसाइकल समेत संचालनमा रोक लगाएका उनिहरुले भोलिबाट सदरमुकाम केन्द्रित आन्दोलनलाई ससक्त पार्ने बताए ।
प्रहरी प्रशासनको ज्यादती अन्त्य हुनु पर्ने माग गरेका उनिहरुले अविलम्ब मधेश समस्या सम्बोधन तर्फ सरकार गम्भिर हुन आवश्यक रहेको बताए ।रात्री कालिन सवारी स्कटिङका नाममा प्रहरीको ज्यादती नरोकिएको स्थानीय मोर्चा कार्यकर्ताहरुको आरोप थियो ।
बजार परिक्रमा पश्चात लौकही बजारमा आयोजित कोणसभामा मोर्चाका नेताहरु हरिगोविन्द यादव, रामनारायण यादव, देवकृष्ण यादव, एसएन मेहता लगायतकाले बोलेका थिए ।कार्यक्रममा आन्दोलनका क्रममा घाइते भएका तथा विभिन्न मुद्धामा थुनामा परी छुटेका मोर्चा कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
सुनसरीमा केही सातायता मोर्चाले आन्दोलनका कार्यक्रमलाई खुकुलो पारेसँगै बजारपशल निर्वाध संचालनमा आएका छन् भने विद्यालय समेत खुलेका छन् ।

Grabbed Frame 34

तपाईको प्रतिक्रिया