७ माघ, नरेन्द्र बस्नेत बेलबारी । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गईसकेका कारण अब मुलुक समृद्ध बन्ने र त्यो समृद्धिलाइ कसैले रोक्न नसक्ने राष्ट्रपति बिद्यादेवी भण्डारीले बताएकी छिन ।मोरङको बेलबारी १ मा रहेको श्री जनता आधारभुत बिद्यालय ५० बर्ष पुगेको अबसरमा बिद्यालयले आयोजना गरेका रजतजयन्तीको अबसरमा बिद्यालयले निर्माण गरेको स्वर्ण स्मारक उदघाटन गर्न शनिबार बिहान हेलिकप्टर मार्फत बेलबारी आएकी भण्डारीले मुलुक अब बिकास तर्फ अगाडी बढने समेत बताईन । उनले कार्यक्रममा सामुदायिक बिद्यालयको सुधार गर्न सबै जुटनुपर्ने समेत बताईन । करिब ५ मिनेटको सम्बोधनका क्रममा उनले बेलबारी र आसपासको बिकास र यस क्षेत्रको समभावनाका बारेमा समेत औल्याईन ।

भण्डारीले लोहन्द्रा खोला नियन्त्रण,पर्यटकीय सम्भावना बोकेका बेतना,धनपाल,सिसौली सिमसार लगायतको क्षेत्रको बिकास गर्न समेत लागीपर्नुपर्ने बताईन । उनले बिद्यालयलाई शैक्षिक सुधारका साथै स्त्तरोन्तिका लागी समेत शुभकामना दिईन । भण्डारीले सो बिद्यालयमा २०४३ सालदेखि २०४६ सालसम्म अध्यापन समेत गराएकी थिईन ।

कार्यक्रममा खेलकुदमन्त्री राजन केसीले मुलकको बिकासले अब फडको मार्ने बताए । उनले शैक्षिक सुधारका लागी सबैले पहल गर्नुपर्ने समेत बताए । यसैगरी क्षेत्र नम्बर ३ बाट निर्बाचित प्रतिनिधिसभाका सांसद भानुभत्त ढकालले यस क्षेत्रमा प्रशस्त सम्भावना भएका कारण ती सम्भावना हरुको खोजी गरी बिकास गर्ने बताए । उनले पुर्बाञ्चल बिश्वबिद्यालय,पेट्रोलखानी लगायतका क्षेत्रको बिकास गर्न सकिने बताए । कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले नगरपालिकाको तर्फबाट भण्डारीलाई सम्मान गरे । कार्यक्रममा बिद्यालयलाई जग्गादान गर्ने ३ जना जग्गादाताहरुलाई राष्ट्रपति भण्डारीले सम्मान समेत गरिन ।

बिद्यालयमा माध्यमिक तहको कक्षा थप गरी पढाई शुरु गर्नका लागी महोत्सब बिद्यालयले रजत महोत्सब समेत आयोजना गरिएको स्मारक निर्माण समितिका संयोजक भिम बस्नेतले बताएका छन । स्थापनाको ५० बर्ष पुग्दा समेत निम्न माध्यमिक बिद्यालयबाट स्त्तरोन्नित हुन नसकेको बिद्यालयले यहि माघ १७ गतेदेखि १९ गतेसम्म स्वर्ण महोत्सब समेत आयोजना गरेको छ । बिद्यालयमा १ सय ५० जना बढी बिद्यार्थी अध्यायनरत रहेका छन ।

तपाईको प्रतिक्रिया