७ माघ,प्रेम देवान बिराटनगर। एक नम्बर प्रदेशका सांसदले आईतबार स्थानिय विराटनगरको विरन्द्रसभा गृहमा शपथ ग्रहण लिएका छन् । आज बिहान १० बजे सपथग्रहण गर्ने काम तय गरिएको भएता पनि सवै सांसद बेलैमा नआईपुगेका कारण केहीसमय ढिला भएको थियो । प्रदेश प्रमुख डा. गोविन्द तुम्बाले कार्यभार सम्हाले लगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य ७३ वर्षिय ओम प्रसाद सरवागीलाई शपथग्रहण गराएका थिए । त्यसपछि सरावागीले विराटनगरमा रहेको वीरेन्द्र सभा गृह हलमा अन्य सांसदलाई शपथ खुवाएका थिए । सपथ ग्रहण कार्यक्रममा प्रदेश सदस्यहरु कोही जातिय पहिरनमा थिए भने कोही दौरा सुरुवालमा उपस्थीति भएका थिए ।

सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा उनले संसद चलाउने छन् । संसदको पहिलो बैठक कहिले बस्ने भन्ने कुनै टुंगो लगाएको छैन् । सरावगीले सपथ लिएपछि ९२ सांसदलाई सपथ गराउनुभएको थियो । प्रदेश नं १ मा १४ वटा जिल्लाका ९३ जना सांसदले सपथ लिनु भएको हो । प्रदेश नम्बर १ का नवनिर्वाचित प्रदेश सभा सांसदहरुको सपथ ग्रहण कार्यक्रम समारोहमा ९ जना पूर्व प्रधानमन्त्रीहरुको तस्वीर देखि प्रदेश नम्बर १ को पहिचान झल्काउने सगरमाथादेखि भोजपुरे खुकुरीसम्मका तस्वीरहरुले सजाईएको थियो । सपथ ग्रहणस्थलमा प्रदेश ९ का पर्यटकीय एवं पहिचान झल्काउने ठाउँमा तस्वीरसमेत राखिएका थिए । त्यसैगरी झापाको अर्जुनधारा र चिया बगानका तस्वीरहरु राखिएका थिए । सपथ ग्रहण कार्यक्रममा पुर्वमन्त्री,प्रतिनिधिसभाका सदस्यहरु, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया