७ माघ, इटहरी। सुजल श्रेष्ठको सानदार ह्याट्रिकको मद्धतले मनाङ्ग मस्र्याङ्दी क्लब काठमाण्डौ झापा ११ लाइ पराजित गर्दै इटहरीमा सञ्चालित अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृती इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ । आइतबार इटहरी रंगशालामा भएको खेलमा मनाङ्ग मस्र्याङ्दीले झापा ११ लाइ ४ – ३ गोलको अन्तरले पराजित गरेको थियो । तिब्र प्रतिस्पर्धाका साथ सम्पन्न सो खेलमा झापाका लागि कर्ण लिम्बुले दुइ गोल गरेका थिए ।

खेलको प्रारम्भमै आक्रमक रुपमा उत्रिएको मनाङ्ग मस्र्याङ्दीका लागि पाचौं मिनेटमा भिक्टोरको पासमा सुजल श्रेष्ठले आफ्नो पक्षमा पहिलो खाता खोलेका थिए । खेलको बाहै मिनेटमा आफ्नो समूहले पाएको पेनाल्टी सुटलाइ सदुपयोग गर्दै पुन सुजल श्रेष्ठले मनाङ्ग मस्र्याङ्दीका लागि दोस्रो गोल गरेका थिए । विपक्षीको डिबक्स भित्र झापाका दिलेन लोक्तामले हेण्ड गरेपछि मनाङ्ग मस्र्याङ्दीले पेनाल्टीको अबसर पाएको थियो । त्यसै गरी खेलको २५ औ मिनेटमा मनाङ्ग मस्र्याङ्दीले पाएको अर्को पेनाल्टीको अबसरलाइ सदुपयोग गर्दै सुजलले ह्याट्रिक गरे। झापाका खेलाडी याकुब सावादोगोले मनाङ्ग मस्र्याङ्दीका खेलाडी भिक्टोरलाइ डिबक्स भित्र लडाए पछि मनाङ्ग मस्र्याङ्दीले सो पेनाल्टी पाएको थियो ।

शून्यका विरुद्ध तीन गोलले पछि परेको झापाका लागि खेलको २८ औ मिनेटमा कर्ण लिम्बुले आफ्नो पक्षमा पहिलो गोल गरेका थिए ।मध्यान्तर सम्म ३ – १ गोलको अन्तरमा सकिएको खेल मध्यान्तर पछि अत्यन्तै रोचक बनेको थियो । रोचक प्रतिस्पर्धाका वीच मध्यान्तर पछिको २३औ मिनेटमा मनाङ्ग मस्र्याङ्दीका विमल बस्नेतले आत्मघाती गोल गर्नु भएपछि झापा मनाङ्ग मस्र्याङ्दीसंग ३ –२ को अन्तरमा पुग्यो । मध्यान्तर पछिको ३१ औ मिनेटमा मनाङ्ग मस्र्याङ्दीका विशाल राइले गोल गर्दै आफ्नो समूहलाइ ४–२ गोलको अन्तरमा पु¥याएका थिए । मध्यान्तर पछिको ३४ औ मिनेटमा झापाका कर्ण लिम्बुले आफ्नो पक्षमा शानदार ढंगले तेस्रो गोल गरे ।

प्रतिस्पर्धात्मक खेल अवधीमा झापाका कर्ण लिम्बुले पाएका अन्य अबसरहरु सदुपयोग हुन नसकेपछि झापा ११ मनाङ्ग मस्र्याङ्दीसंग पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।खेलमा उत्कृष्ठ प्रर्दशन गर्ने मनाङ्ग मस्र्याङ्दीका ह्याट्रिककर्ता सुजल श्रेष्ठ “म्यान अफ द म्याच” घोषित हुनुभयो । उहाँलाइ नगद दश हजार प्रदान गरिएको थियो । राष्ट्रिय जागृति क्लबद्धारा आयोजित प्रतियोगिता अन्तरगत सोमबार त्रिभुवन आर्मी क्लब काठमाण्डौ र भुटानको ड्रुक युनाइटेड फुटबल क्लबवीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया