९ माघ, इनरुवा। उद्योग वाणिज्य संघ इनरुवाको आयोजनामा विद्युत सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उद्योग वाणिज्य संघ इनरुवाको अगुवाईमा भएको कार्यक्रममा उद्योगीहरुले प्राधिकरणको सेवा प्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्राधिकरणले सेवा शुल्क प्रत्येक ग्राहकबाट लिएपनि सो अनुसारको सेवा नदिएको व्यवसायीहरुले गुनासो गरेका छन् । प्राधिकरणले लिएको सेवा शुल्क र महसुल अनुसारको सन्तोषजनक सेवा पाउन नसकेको डेरी उद्योग सञ्चालक धर्मविर मेहताले गुनासो गर्नुभयो ।

कार्यक्रममा सहभागी व्यवसायी सत्यनारायण मेहताले प्राधिकरणको कामबाट धेरै सेवाग्राहीहरु रुष्ट रहेको बताउनुहुदै सेवालाई स्तरिय र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै व्यवसायी लालबहादुर श्रेष्ठले आफूहरुलाई प्राधिकरणको केन्द्रिय प्रसारण लाइन दिने नदिने विषयमा अन्यौल रहेको बताउनुभयो । कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीया, इनरुवा नगर उपप्रमुख जमुना गौतम पोखरेल, नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण प्रमुख संजिव कुमार साह, व्यवसायी सुरेश साह, केदार ओझा, धर्मविर आर्य, रामकुमार मेहता, योगेन्द्र प्रसाद मेहता, विरेन्द्र साह , नरेस मेहता ,लेखनाथ अधिकारी लगायतकाले प्राधिकरणको बारेमा बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा पत्रकार जयकृष्ण यादवले प्राधिकरणको काम सुस्त गतिमा रहेकाले त्यसमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । यादवले विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरण सक्रिय हुनुपर्ने, मिटर जडान प्रकृया पुगेकाले एक हप्ता भित्र गर्नुपर्ने, प्राधिकरणमा रहेको ढिलासुस्ती अन्त्य गर्नुपर्नेमा समेत जोड दिनुभयो । यादवले प्राधिकरणको सानो कमजोरीले ठूलो दुर्घटनाहरु हुन सक्ने भएकाले त्यसमा प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो ।

उद्योग वाणिज्य संघ इनरुवाले गरेको स्थानीय उद्योगीहरुसंग विद्युत सम्बन्धि अन्र्तक्रिया कार्यक्रम संघका अध्यक्ष पन्चदेव मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन संघका सचिव गिरीराज अटलले गर्नुभएको थियो । उता प्राविधकरणका इनरुवा प्रमुख संजिव कुमार साहले आफूहरुले इनरुवा क्षेत्रमा अनलाईनबाट विद्युत महसुल भुक्तानी गर्ने अभियान ल्याएको र समय र पैसाको सदुपयोग गर्न अपिल गरेको जानकारी दिनुभयो । उहाँले सो सेवा पूर्ण रुपमा निशुल्क रहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया