९ माघ, सिरहा। बढ्दो चिसोले च्यापेपछि सिरहा नगरपालिका–१२ सारश्वरस्थित एक जनाको मृत्यु भएको छ । चिसोले च्याप्दा ५५ बर्षिय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटना स्थल मुचुलका पछि सामाजिक रितिरिवाज अनुसार बिर्सजनका लागि मृतकको शव उनको परिवारलाई दिइएको प्रहरी चौकी बेल्हाका इन्चार्ज नरसिंह चौधरीले बताए । शौच गरेर सुतेको केही समय नबित्दै आफुलाई चिसो बढेको महसुश भएको बताउन नपाउँदै एक छिनमै शरिर काम्न थाल्यो र केही मिनेटमै मृत्यु भएको परिवारजनले बताए । शारिरिक रुपमा मियाँ निरोगी देखिएपनि आर्थिक अवस्था दैनिक भएका कारण आवश्यक न्यानो कपडा लगाउन नसकिरहेको स्थानीयहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया