९ माघ, मोरङ। मोरङको विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चोक नजिकैबाट प्रहरीले सोमबार अवैध भारु नोट सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला झापा भद्रपुर नगरपालिका-१ बस्ने अनन्द मितल रहेका छन्। प्रहरीले उनको साथबाट २ हजारका ४२५ थान भारतिय नोट बरमाद गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया