१० माघ, इटहरी। इटहरी रङ्गशालमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगिता अनतर्गत आज त्रिभुवन आर्मी टिम काठमाण्डौको विभागीय टिम र थ्रिस्टार क्लव बिचको कडा प्रतिस्पर्धात्मक खेलमा थ्रिस्टारले त्रिभुवन आर्मी टिमलाई टाईब्रेकरमा ५–३ गोलको विशाल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

आजको विजेता टिम थ्रिस्टार क्लव काठमाण्डौले भोलि मनाङ्ग मस्र्याङ्गी क्लव काठमाण्डौ र भारतको गरिफा स्पोर्टिङ्ग क्लव कोलकाताबीच हुने अन्तिम सेमी फाईनलको विजेता टिम बिच आगामी माघ १४ गते शनिबार हुनेछ । आजको कडा प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मीका स्टाईकर नवयुग श्रेष्ठले खेलको पहिलो हाफका २५ औ मिनेटमा गोल गरेका थिए । नवयुग श्रेष्ठले टिम क्याप्टेन भरत खवासका हेड पासलाई सदुपयोग गर्दै उक्त सुन्दर गोल गरेर विजयी शुरुवात गरेका थिए । आजको खेलमा थ्रिस्टारका पिटर सेगुनलाई म्यान आफ म्याच घोषित गर्दै १० हजार नगद प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया