१० माघ, पाँचथर। पाँचथरको फिदिम नगरपालिका-१४ लुङरुपा सेउरिनी जंगलमा मंगलबार रुख काट्ने क्रममा रुखले थिचेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँका अन्दाजी २५ बर्षिय रोदन फागो रहेका छन्। दिउँसो २ बजेतिर आफ्नै बारीमा रुख काटने क्रममा अचानक रुखले उनको शरिरमा थिच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जानएको छ। घटना बारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया