काठमाडौं, ११ माघ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त गरेको छ।संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण निर्णय गर्ने क्रममा बुधबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त गरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो। प्रदेश १ को मुख्यमन्त्रीको कार्यालय यादव कोइराला, प्रदेश २ मुख्यमन्त्रीको कार्यालय ,राजेश्वरमान सिह, प्रदेश ३ मुख्यमन्त्रीको कार्यालय रेश्मीराज पाण्डे, प्रदेश ४ मुख्यमन्त्रीको कार्यालय लक्ष्मण अर्याल, प्रदेश ५ मुख्यमन्त्रीको कार्यालय शंकर पाठक, प्रदेश ६ मुख्यमन्त्रीको कार्यालय सुरेश प्रधान, प्रदेश ७ मुख्यमन्त्रीको कार्यालय लक्ष्मीराज पौडेल हरनुभएको छ । आजको अन्नपूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया