१० माघ, दिपेन्द्र यादव इनरुवा। प्रेस मञ्च जिल्ला कार्य समिति सुनसरी विस्तार गरिएको छ। प्रेस मञ्च जिल्ला कार्य समिति सुनसरीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार यादवको अध्यक्ष तथा राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका अध्यक्ष सुव्वालाल मेहताका बिशेष उपस्थितीमा ११ सदस्य कार्य समिति विस्तार भएको छ । सो समितीको अध्यक्षमा दिपेन्द्र कुमार यादव, उपाध्यक्षमा देवनन्द मेहता, सचिवमा प्रेम साह, कोषध्यक्षमा राजकुमारी चौधरी सर्व सहमत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा चन्दन मेहता, सुरेन्द्र मेहता, विक्की पौदार लगायतका ११ सदस्य कार्यसमिती चयन भएको प्रेस मञ्च सुनसरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया