११ माघ, दिपेन्द्र यादव इनरुवा। सुनसरीको भोक्राहानरसिंह गाउँपालिकामा सामुदायीक प्रहरी सेवा केन्द्र गठन भएको छ । जिल्ला सामुदायीक प्रहरी सेवा केन्द्र इनरुवाका अध्यक्ष श्री सत्यनारायण मेहताको अध्यक्षता तथा भोक्राहानरसिंह गाउँपालिकाका अध्यक्ष महेन्दप्रसाद्र यादवको प्रमुख आथित्यमा १७ सदस्य समिती गठन गरेका छन् ।

सो समितिको अध्यक्षमा सुब्बालाल मेहता, उपाध्यक्षमा जयाउद्धिन मंसुरी, सचिवमा बेचन यादव, सह सचिवमा जयप्रकाश ठाकुर र कोषाध्यक्षमा कञ्चन साह चयन भएका छन । भने सदस्यहरुमा मनेन्द्र कुमार साह, राजेशवर यादव, कैलु मेहता, पदेन सदस्य आलम आंसारी, प्रहरी द्धय जवान विलट यादव, अभिनास बासकोटा, गौरी मेहता, नारायण खत्वे, सुरेन्द्र उँराव, पवन मेहता, भुटाई साह, आरिफ अंसारी चयन भएका छन् ।भने सो कार्यक्राममा भोक्राहा नरसिंह गापा वाडा नं. ३ का वडाध्यक्ष सुकदेव यादव,सुनौलो बिहानी सामुदायीक सिकाइ केन्द्र भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष तथा भोक्राहानरसिंह गापा वाडा नं. ४ का वडा सदस्य सुनिल कुमार साह, हरिगोविन्द यादव, सामुदायीक प्रहरी सेवा केन्द्र इनरुवाका सचिव गिरीराज अटल लगायतको उपस्थिती रहेकोे थियो ।

तपाईको प्रतिक्रिया