१३ माघ, इनरुवा। अदालतबाट कुटपिट मुद्दामा ६ महिना कैद तथा दुई हजार जरिवाना भई फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी शुक्रबार फैसला कार्यान्वयनकालागि कारागार पठाईएको छ। सुनसरी हरिपुर १ बस्ने ३७ वर्षीय लक्ष्मी साहुलाई प्रहरीले पक्राउ गरेको हो। कैद सजाय भएसंगै फरार रहेका साहुलाई प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले विहिबार साँझ उनकै घरबाट पक्राउ गरी शुक्रबार झुम्का कारागार पुर्‍याईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तपाईको प्रतिक्रिया