डा. राजेन्द्र भद्रा

sex1-430x316

यौन सम्पर्कको समय नाप्न यौन क्रियाकलाप जस्तै चुम्बन गरेदेखि लिने कि यौनांगको स्पर्श सुरु गरेदेखि लिने भन्ने कुरामा आआफ्नै मत होला तर लिङ्गल योनीमा प्रवेश गरेपछिको समयलाई यौन सम्पर्कका सुरुवातका रुपमा लिई जवाफ दिन लागेको छु ।

पुरुषले योनीमा लिङ्ग प्रवेश गराएदेखि वीर्य स्खलनसम्मको समयलाई intravaginal Ejaculation latency Time भनिन्छ । यो समय ब्यक्ति(ब्यक्तिअनुसार फरक पर्छ र एक ब्यक्तिको पनि फरक समयमा फरक(फरक नतिजा आउन सक्छ ।

सामान्यतयाः यो उमेर बढ्दैं जाँदा केही घटेको देखिन्छ । एक अध्ययनले सालाखाला यसको समय ५.४ मिनेट रहेको देखाएको छ । सन् २००८ सालमा गरिएको एक अध्ययनले विपरित लिङ्गी यौन सम्पर्कमा ७ मिनेट देखाएको छ ।

समय लम्बाउन के गर्नुपर्ला ?
सर्वप्रथम त तनावरहित हुन आवश्यक छ । तनाव, चिन्ता अनि विशेष गरेर यौन सक्षमतथाको चिन्ताले यौन सक्षमताको प्रदर्शनमा सहयोग गर्दैन । यौन साथीलाई आफ्नो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या अझ चर्को हुन सक्छ । यस्तो स्थितीलाई उभचायचmबलअभ बलहष्भतथ  भनिन्छ ।

शीघ्र स्खलनको समस्यालाई आफैले क मगर्न सकिने केही उपाय यौन सम्पर्कको समय लम्ब्याउन पनि प्रयोग गर्न सकिन्छ । त्यसका केही उपाका सम्बन्धमा छोटकरीमा चर्चा गरौं ।

यौन सम्पर्क रोक्ने र सुरु गर्ने
यौन सम्पर्कका क्रममा स्खलन होला जस्तो भए तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही बेर यौनक्रिडालाई रोक्ने र उत्तेजना केही कम भए पनि पुनः प्रारम्भ गर्ने ।

आसन परिवर्तन गर्ने
लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिला माथि बसेर सक्रिय भै यौन सम्पर्क गर्दा स्खलनलाई ढिलो गर्न मद्धत पुग्छ ।

लिङ्ग अँठ्याउने
यौन सम्पर्ककका क्रममा स्खलन होलाजस्तो भए तुरुन्तैं लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने । उत्तेजना केही कम भएपछि पुनः यौन क्रिडा सुरु गर्ने ।

कण्डम प्रयोग गर्ने
त्यस्तै कन्डमको प्रयोगबाट पनि कतिपय शीघ्र स्खलनको समस्या कम गर्न मद्धत पुगेको छ । यस्तो बेला चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा र्पुयाउँछ ।

मांसपेशीको प्रयोग
पिसाब रोक्न प्रयोग गरिने मांशपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा हुन्छ ।

 

तपाईको प्रतिक्रिया