१४ माघ, धरान। धरानको विजयपुरस्थित एक कृषकले पालेको गाईले अनौठो वाच्छिको जन्म दिएपछि स्थानीयहरू अचम्ममा परेका छन ।
धरान १४ स्थित इन्द्र कटुवालले पालेको गाइले शरिर एउटै भएको तर दुइवटा मुख भएको अनि ३ वटा आखा भएको अनौठो वाच्छि जन्माएको हो । दोस्रो वेतमा आफ्नो घरमा पालेको गाइले यस्तो वाच्छोको जन्मदिए पछि इन्द्र कटुवाल लगायत अन्य छिमेकीहरूपनि आश्चर्यममा परेका छन् ।

टाउको र शरिर एउटै भए पनि दुइटा मुख अनि ३ वटा आखा भएको बाच्छी हेर्नका लागी कटुवालको घरमा भिडनै लागेको छ । विजयपुर धार्मिक केन्द्र भएको र धार्मिक आस्थाका कारण पनि भगवान वाच्छिको रुपमा आउनु भएको भन्दै दर्शन को लागी आएको स्थानिय प्रेम प्रसाद पराजुलीले बताए ।

तपाईको प्रतिक्रिया