१४ माघ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दीप लामिछानेलाई आइपिएल खेल्ने टिम दिल्ली डेयरडेभिल्सले अनुबन्ध गरेको छ । आइपिएल टिममा अनुबन्ध हुने १७ वर्षीय सन्दीप पहिलो नेपाली क्रिकेटर बनेका छन् । आइतबार भएको अक्सनमा दिल्लीले धारिला बलर १७ वर्षीय सन्दीपलाई किनेको हो । जसका सन्दीपका लागि न्यूनतम मूल्य २० लाख भारु तोकिएको थियो । दिल्लीले २० लाखमै उनलाई खरिद गरेको हो ।

दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह लगायतले खेल्ने गर्छन् । यसैबीच, दिल्लीले १७ वर्षीय लेग स्पीनरलाई आफ्नो टिममा स्वगत गर्दै सामाजिक सन्जाल ट्टीटरमा ट्वीट गरेको छ– आइपिएलको इतिहासमा पहिलो नेपाली खेलाडी ।

तर, दिल्ली डेयरडेभिल्सको टिममा परे पनि आईपीएल खेल्न भने सन्दीपले अझै एक खुड्किलो पार गर्नुपर्ने हुन्छ । टिममा आबद्ध खेलाडीबाट १८ सदस्य छनौट गरिनेछन्, जो मैदान सम्म जानेछन् । उनले त्यसका लागि आफूलाई पहिला ११ मा पार्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया