१५ माघ, इनरुवा। भारतीय ब्राण्डको नाम दिएर नक्कली खैनी बनाउने मेसिन सहित ठुलो परिमाणको सुर्तिजन्य पदार्थ सुनसरी प्रहरीले इनरुवाबाट बरामद गरेको छ । प्रहरी नीरिक्षक अवधलाल यादव नेतृत्वको टोलीले इनरुवा २ बिहिबारे हटिया नजिक रहेको राजेन्द्र मेहताको घरबाट सो परिमाणको सुर्तिजन्य पदार्थ बरामद गरेको हो । भारतीय स्टिकर प्रयोग गरी बिक्रिकालागि तयार पारिएको खैनी सहित २२ बोरा सुर्तिजन्य पदार्थ बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ । सूचनाका आधारमा प्रहरीले मेहताको घरमा छापा मारेको थियो । सम्वन्धित व्यक्ति फेला नपरेकाले कामदारसँग सोधपुछ गरी थप प्रकृया अघि बढाइएको प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया