१५ माघ, इनरुवा। सुनसरी प्रहरीले जिल्लामा गाँजा फडानीलाई अभियानका रुपमा अघि बढाएको छ । विशेषगरी जिल्लाको दक्षिणी भेगमा घरबारीमा गाँजा लगाइने गरेको भेटिएपछि प्रहरीको विशेष टोली गाँजा फँडानीकालागि परिचालन गरिएको छ । घरको आँगन तथा बारीमा लुकाएर लगाइने गाँजालाई आर्थिक उपार्जनका रुपमा प्रयोगमा ल्याउने गरिएकाले फडानी अभियान चालिएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।

प्रहरीले आजमात्रै साविकको राजगञ्ज सिनुवारी गाविस क्षेत्रमा ठूलो मात्रामा गाँजाका बोट नष्ट पारेको जनाएको छ । अभियान जिल्लाभर तिव्रता दिइने एसपी माझीले बताए । सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा लगाइको गाँजा प्रत्येक वर्षजसो नष्ट गर्दै आएको छ । गाँजाका बोट फँडानी गरिएपनि प्रहरीले सम्वन्धित किसान वा घरधनी उपर कार्वाही नगर्ने भएकाले गाँजा खेती रोकिन सकेको छैन् । विशेषगरी सुनसरीको सीमावर्ति दक्षिणवर्ति भेग सहित सदरमुकाम आसपासका साविकका गाविस र केही उत्तरी भेगमा गाँजा खेती गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया